गृहपृष्ठ चीनमा बीबीसीको प्रसारणमाथि रोक
चीनमा बीबीसीको प्रसारणमाथि रोक
चीनले बीबीसी वर्ल्ड न्युजको प्रसारणमा रोक लगाएको छ । बिहीबार चीन सरकारले उक्त सञ्चारमाध्यमको प्रसारणमाथि रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सिन्जियाङ प्रान्तका अल्पसंख्यकहरुको विषयमा भ्रामक समाचार र कोरोना महामारीका बेला गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै चीनले सो समाचार च्यानलको प्रसारण बन्द गरिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले उल्लेख गरेका छन् ।
प्रकाशित समय १२:४० बजे

















