गृहपृष्ठ सुर्खेतमा चट्याङ लागेर दुई विद्यार्थीको मृत्यु
सुर्खेतमा चट्याङ लागेर दुई विद्यार्थीको मृत्यु
सुर्खेतमा चट्याङ लागेर दुई विद्यार्थीको मृत्यु भएको छ । चिङगाड गाउँपालिका-४ मा रहेको मालिका प्राथमिक विद्यालय धनापानी मटेलामा अध्ययनरत दुर्इजना बालबालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कक्षा २ मा अध्ययनरत ७ वर्षीया निर्मला चन्द र अमरबहादुर चन्दको मृत्यु भएको छ । कक्षा कोठामा पढिरहेको समयमा बिहान करिब साढे ११ बजे चट्याङ परेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
चट्याङ लागेर अन्य नाै जना घाइते भएका छन् । उनीहरुको इलाका स्वास्थ्य चौकी मटेलामा उपचार भइरहेको छ । कक्षा ३ सम्ममात्र पढाइ हुने उक्त विद्यालयमा एकजना शिक्षक र एक जना कार्यालय सहयोगी छन् ।
प्रकाशित समय १९:२९ बजे

















