गृहपृष्ठ पङ्खाले लागेर रुपन्देहीमा एकको मृत्य

पङ्खाले लागेर रुपन्देहीमा एकको मृत्य

रुपन्देहीको गैडहवा गाउँपालिकामा  पङ्खाले लागेर एक जना युवकको मृत्यु भएको छ ।  तीव्र गतिमा चलिरहेको पंखाले घाटीमा लाग्दा उनकाे मृत्यु भएको हो ।

गैडहवा गाँउपालिका– २, सीतापुरका अन्दाजी २० वर्षीय रियाजुिद्दन शेषको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ । राति १ बजे रमजान जाग्राम बसेर घरमा सुत्न लाग्दा तिब्र गतिमा चलिरहेको पङ्खाको पाताले घाँटीमा  लाग्दा गम्भीर घाईते भएका शेषको अत्यधिक रत्तश्रावका कारण केही मिनेटमै मृत्यु भएको थियो ।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु