गृहपृष्ठ फ्रिजमा राख्न नहुने १२ खानेकुरा
फ्रिजमा राख्न नहुने १२ खानेकुरा
गर्मि समयमा फ्रिजको महत्व धेरै हुन्छ । अचेल सहरदेखि गाउँसम्म सामान्यतय फ्रिजको प्रयोग बढ्न थालेको छ । खाना निब्रिग्रियोस भनेर फ्रिजको प्रयोग गरिन्छ । तर कतिपयले भएभरका सबै खानेकुरा फ्रिजमा हाल्ने गरेका छन् । यसले फाइदा भन्दा पनि बेफाइदा गर्ने सम्भाना बढी हुन्छ । फ्रिजमा के कुरा राख्न हुन्छ र के राख्न हुन्न भन्ने कुरा राम्ररी बुझेर मात्र फ्रिजको प्रयोग गर्न सके स्वास्थ्यलाई फाइदाजनक हुन्छ । अन्यथा फ्रिजमा राखेको खानेकुरा बिषमा परिणत हुन पनि सक्छ ।
ख्याल गर्नुहोस यी १२ खानेकुरा फ्रिजमा नाराखेकै राम्रो ।
१. पाउरोटी
फ्रिजमा पाउरोटीको सुक्खा हुने प्रक्रिया झन तेज हुन्छ । १/२ दिनको समय भित्र प्रयोग हुने हो भने पाउरोटीलाई फ्रिजमा राख्न सकिन्छ तर सकेसम्म प्रयोग गर्न पर्ने दिन नै पाउरोटी किने राम्रो हुन्छ ।
२. दही
फ्रिजमा राखेर दही जमाउनु उचित हो । तर खान योग्य भैसकेको दही पुनः फ्रिजमा राख्नु गलत हुन्छ । किन भने जमिसकेको दहीलाई थप फ्रिजमा राख्दा यसको स्वाद विग्रने वा यसमा भएको पोषक तत्व पनि ह्रास हुने हुन्छ ।
३. लसुन
फ्रिजमा राखे लसुन गल्छ । गल्नुका साथै लसुनका दानाहरुबाट सानो बिरुवा पनि उम्रन सक्छ।
४. टमाटर
फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ । फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ । आधा काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १/२ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ ।
५. आलु
आलु पनि फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राखिएको आलुमा पानी बढी हुन्छ र यसले स्वाद पनि विगारिदिन्छ । चिसो तापमानमा राख्दा आलुको स्टार्च चाडैँ नै सुगरमा परिवर्तन हुने गर्दछ। यसले आलुमा चिनिको मात्रा बढाउनको साथै आलुको स्वाद पनि खल्लो हुन्छ।
६. मह
फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ । यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु केहि खाने कुरासँग प्रयोग गर्न सकिन्न ।
७. दुध
दुध फ्रिजमा राख्नु राम्रो मानिँदैन । यदि दुध खानेकुरा पकाउन वा कुनै परिकार बनाउन प्रयोग गर्ने हो भने चाँहि फ्रिजमा राख्दा पनि हुन्छ तर पिउने दुध चाँहि फ्रिजमा राख्न उपयुक्त मानिँदैन ।
८. फ्राइ खाना
फ्राइ गरेका क्रिप्सी र क्रन्ची खानेकुराहरु पनि फ्रिजमा राख्नु राम्रो मानिँदैन । किनकी फ्रिजमा राखेपछि यिनीहरुको स्वाद नै हराउँछ । फ्राइड चिकेन वा फ्रेन्च फ्राइज फ्रिजबाट झिकेर खानु जस्तो नमज्जा केही पनि हुँदैन ।
९. पनिर
पनिरका लागि फ्रिज उपयुक्त ठाउँ होइन । खासगरी पकाएको पनिर र त्यसबाट बनेका खानेकुराहरु फ्रिजमा राख्दा स्वादहिन हुन्छ ।
१०. काँचो तरकारी वा फलफूल
काँचो तरकारी वा फलफूलका लागि फ्रिज उचित ठाउँ होइन । यसले ताजा खानेकुरा फलफूलको स्वाद विगारिदिन्छ ।
११. अण्डा
अण्डा पनि फ्रिजमा राख्नु हुँदैन । अण्डालाई फ्रिजमा राख्दा यसको बाहिरको भाग फुट्ने वा अनेक समस्या आउँछ । त्यतिमात्र होइन भित्रको झोल पनि विग्रन सक्छ ।
१२. प्याज
फ्रिजको चिस्यानले गर्दा प्याज पनि टमाटर जस्तै गल्न सक्छ । एकपल्ट काटिसकेको प्याजलाई चाहि प्लास्टिकमा राम्रोसँग बाधेर फ्रिजमा राख्न सकिन्छ ।
प्रकाशित समय १९:५० बजे

















