गृहपृष्ठ पप्पु कन्स्ट्रक्सनसँग संलग्न छैन : सांसद रौनियार
पप्पु कन्स्ट्रक्सनसँग संलग्न छैन : सांसद रौनियार
संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले आफू एक वर्षदेखि पप्पु कन्स्ट्रक्सन प्रालिसँग संलग्न नरहेको बताएका छन् । उनले सो संस्थासँग नाम जोडेर नियोजित रुपमा चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
मंगलबार पत्रकार सम्मलेन गर्दै सांसद रौनियारले आफू सम्पूर्ण व्यावसायिक जीवनबाट अलग भएर पूर्णकालीन राजनीतिमा सक्रिय भएको दावी गरे । उनले भने, ‘विगत एक वर्षदेखि यो प्रालिमा छैन, पूर्णकालीन राजनीतिमा लागेको छु, राजनीतिबाट राष्ट्र सेवामा लागि आएको छु ।’
उनले केही दिनदेखि उक्त कम्पनीसँग आफ्नो नाम जोडेर आएका समाचारमा कुनै सत्यता नभएको दाबी गरे । जेडआईसी–पप्पु जे.भी. वीरगन्ज कम्पनीका प्रवक्ता दीपेश महर्जनले सत्यताको नजिक नै नपुगी झुटो र काल्पनिक कुरा गरेर भ्रम फैलाइएको बताए ।राजनीतिमा आउनुअघि नै सांसद रौनियारले कम्पनी छाडेको उनकाे भनार्इ छ ।
देशमा कूल एक हजार २ सय पुल निर्माणाधीन अवस्थामा रहेको उल्लेख गदै सांसद रौनियारले भने, ‘ती पुल निर्माणको लागत रु १२ खर्ब छ, सरकारले २० प्रतिशत पनि रकम निकासा दिएको छैन तर मिडियाले एकतर्फी रुपमा निर्माण व्यवसायी मात्रै दोषि देखाउने काम गरेको छ ।’
आफूले कुनै गलत काम गरेको पुष्टि भए जस्तोसुकै सजाय पनि भोग्न आफू तयार रहेको पनि सांसद रौनियारकोले प्रष्टिकरण दिए ।
(रासस)
प्रकाशित समय १९:५९ बजे

















