गृहपृष्ठ प्रति वर्ष बीस हजार भियतनामीलाई कलेजोको क्यान्सर

प्रति वर्ष बीस हजार भियतनामीलाई कलेजोको क्यान्सर

भियतनाममा प्रत्येक वर्ष २० हजार व्यक्तिलाई कलेजोको क्यान्सर हुने गरेको तथ्य सार्वजनिक भएको छ । भियतनाम लिभर एण्ड बाइल एसोसिएसनले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको अधिकारीहरूले बताएका छन् ।

प्रतिवेदनका अनुसार क्यान्सर रोग वृद्धि हुनुमा रोग पत्ता नलाग्नु र उपचारमा ढिलाई हुनु प्रमुख कारणको रूपमा रहेको छ । भियतनाममा भारी मात्रामा मादक पदार्थ सेवन गर्नु नै कलेजो र सिरोसिसको क्यान्सरको प्रमुख कारण भएको विज्ञहरूको भनाई रहेको छ ।

भियतनामको हालको जनसंख्या नौ करोड ५० लाख रहेको र त्यसमा १० प्रतिशतले मादक पदार्थ सेवन गर्ने गरेको बताइएको छ ।
(रासस\सिन्ह्वा)

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु