गृहपृष्ठ मुसीकाेटमा बस दुर्घटना, १४ जना घाइते

मुसीकाेटमा बस दुर्घटना, १४ जना घाइते

accident-newskarobar

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १२ पितिवाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार दाङको तुलसिपुरबाट रुकुम(पश्चिम)को सल्लेका लागि छुटेको ना ४ ख ६३२६ नम्बरको बस बिहानत साढे २ बजे पल्टिएको हो ।

घाइतेमध्ये दाङ तुलसिपुर उपमहानगरपालिका ३ की १७ वर्षीया सृष्टी पुन, सल्यान त्रिवेणी गाउँपालिका ७ का २२ वर्षीय बिष्णु परियार, तुलसीपुर उपमहानगरपालिका पाँचका वडा सदस्य समेत रहेका ३१ अजय बुढाथोकी र रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिका ३ मैकाटका २५ वर्षीय करण बुढाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नेपालगञ्ज रेफर गरिएको छ । घाइते मध्य केहिको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने केहि सामान्य उपचार पछि घर फर्किएका छन् । चालक निदाएका कारण बस दुर्घटनामा परेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित समय ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु