गृहपृष्ठ बस खोलामा खस्यो, २६ घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक

बस खोलामा खस्यो, २६ घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक

पाल्पाको भालेबास नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । रुपन्देहीको बुटवलबाट कास्कीको पोखराका लागि छुटेको लु १ ख ७२७२ नम्बरको यात्रुबाहक बस विहान सवा ६ बजे अर्को सवारी साधनलाई साइड दिने क्रममा भालेबासकाे सडकबाट करिब २० मिटर तल खोलामा खसेको पाल्पाका प्रहरी प्रमुख डिल्लीराज पन्तले न्युज कारोबारलाई बताए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पुर्याइएको छ ।

प्रकाशित समय ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु