गृहपृष्ठ संसदीय समितिमा जोशीको सुनुवाइ सुरु

संसदीय समितिमा जोशीको सुनुवाइ सुरु

depakraj joshi-newskarobar

प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वाेच्च अदालतका बरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिले बिहिबार कार्यविधि पारित गरेसँगै जोशीको सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

सर्वाेच्च अदालतको प्रधानन्यायाधीशबाट गोपाल पराजुलीले अवकास लिएसँगै जोशीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा सर्वाेच्चको नेतृत्व सम्हाल्दै आएका थिए । यसअघि संसदीय सुनुवाई समिति गठन नहुँदा प्रधानन्यायाधीशलगायत संवैधानिक पदमा नियुक्तिको प्रकृया अबरुद्ध बन्दै आएको थियो ।

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, राजदूतलगायतका संवैधानिक पदमा नियुक्ति हुनुपूर्व संसदीय सुनुवाई गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइ समिति गठन भएसँगै सोही व्यवस्था अनुसार जोशीको सुनुवाइ प्रक्रिया अघि बढेको हो ।

प्रकाशित समय २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु