गृहपृष्ठ ट्रम्पले भने – पुटिन प्रतिस्पर्धी हुन्, शत्रु होइनन्
ट्रम्पले भने – पुटिन प्रतिस्पर्धी हुन्, शत्रु होइनन्
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुन् तर ‘सत्रु’ होइनन् भनेका छन् । एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेटेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् ।
कसैले उनलाई सोध्यो ‘के पुटिन तपाईको सत्रु हुन् ?’ उनले उत्तरमा भने, ‘होइन, पुटिन मेरो सत्रु होइनन् ।’ ट्रम्पमाथि फेरि प्रश्न गरियो ‘त्यसो भए के पुटिन तपाइको साथी हुन् त ?’ यस प्रश्नको उत्तर दिँदै ट्रम्पले भने, ‘होइन, मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।’
‘पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,’ ट्रम्पले भने, ‘आशा गरौं, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।’
बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिएका हुन् ।
(रासस-एएफपी)
प्रकाशित समय २१:२३ बजे

















