गृहपृष्ठ मातहतका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : निरन्तर काममा लाग्नु

मातहतका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : निरन्तर काममा लाग्नु

swasthya mantralaya-newskarobar

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका सबै कर्मचारीहरुलाई निरन्तर काममा लाग्न निर्देशन दिएको छ । यो मौसममा प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमण बढ्न सक्ने भन्दै देशैभरिका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन निर्देशन दिइएको हो ।

अनुमती बिना बिदा नबस्न, बन्द हड्ताल,लगायतका कुनै पनि कार्यक्रममा उपस्थित नहुन बिज्ञयप्तीमा भनिएको छ । अनसनरत डा. गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलित हुने योजना बनाइरहेका बेला मन्त्रालयको यस्तो निर्देशन आएको हो ।

मन्त्रालयले बिहीबार उक्त निर्देशनात्मक आदेश देशभर पठाएको छ । मन्त्रालयको निर्देशन नमानी बिदामा बस्ने, बन्द र हड्तालमा उत्रिने गरेमा कारबाही हुने चेतावनी दिएको छ । ‘उल्लेखित क्रियाकलाप गरेको÷गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिनेछ’ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित समय २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु