गृहपृष्ठ पीपीपीको दावी : निर्वाचनमा धाँधलीको संकेत देखियो

पीपीपीको दावी : निर्वाचनमा धाँधलीको संकेत देखियो

pakistab nagarik-newskarobar

पाकिस्तानको दोस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले निर्वाचन धाँधलीरहित हुनेमा शनिबार शंका व्यक्त गरेको छ । पाकिस्तानमा यही जुलाई २५ गते हुने आम निर्वाचनमा आफुहरूलाई प्रचारप्रसारका लागि स्वतन्त्रता नमिलेको पीपीपीका अध्यक्ष विलावल भूट्टो जर्दारीले दावी गरेका छन् ।

‘निर्वाचन सम्पन्न गर्न बनाइएको सरकारले हाम्रो दललाई निर्वाचन अभियानमा प्रचारका लागि प्रशस्त मार्ग दिएको छैन,’ जर्दारीले भने । उनले यसबाट निर्वाचन स्वच्छ तथा निस्पक्ष रूपमा सम्पन्न हुनेमा आफ्नो दल सशंकित बनेको बताए ।

पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा पत्रकार सम्मेलन गरी उनले भने, ‘सञ्चारमाध्यम नियन्त्रित (सेन्सरसीप) बनेका छन् र राजनीतिक अधिकारीहरू पक्राउ गरिएका छन् । यो मानवअधिकारको उल्लंघन मात्र नभइ निर्वाचनपूर्व हुने धाँधलीको खेल हो ।’

पीपीपीका नेताहरूले सरकारले पटकपटक निर्वाचन अभियानका लागि आयोजना गरिएका पञ्जाबलगाएतका स्थानमा प्रदर्शनमा रोक लगाएको बताए । सञ्चारकर्मी, राजनीतिज्ञ तथा विश्लेषकहरूले निर्वाचनमा सेनाको शक्तिशाली हस्तक्षेप भइरहेको बताइरहेका छन् ।

पाकिस्तानी पूर्व प्रधानमन्त्री तथा पाकिस्तानी मुश्लिम लिग–नवाज (पीएमएल–एन)का नेता नवाज सरीफलाई पक्राउ गरिएको प्रसँग जोड्दै यो निर्वाचनमा सेनाको हस्तक्षेपको संकेतसमेत भएको पीपीपीले जनाएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा शनिबार १ सय २८ सहित पाकिस्तानमा कम्तीमा १ सय ५४ जनाको मृत्यु भएको पीपीपीको दावी छ ।

(रासस/एएफपी)

प्रकाशित समय २३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु