गृहपृष्ठ ट्यांकरमा लक सिस्टम लागू
ट्यांकरमा लक सिस्टम लागू

नेपाल आयल निगम प्रदेश नं १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा शनिबारदेखि आधुनिक ‘लक सिस्टम’ लागू गरेको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्तरुपमा लक सिस्टमको उद्घाटन गरे ।
सो अवसरमा निगमका कार्यकारी निर्देशक भट्टराईले सबै पक्षको सहमतिमा आएको आधुनिक लक सिस्टमले तेलको गुणस्तर कायम राख्नेलगायत उद्देश्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रजिअ आचार्यले आधुनिक प्रविधिको रुपमा आएको लक सिस्टमलाई सबैको सहयोगमा सफल बनाउनु पर्ने बताए ।
लक सिस्टम लागू भएसँगै आयल निगमका ३ सय ४० ट्यांकरमा ताला लगाएको छ । लक सिस्टम (ताला) भारतमा तेल भर्दा लाग्ने र नेपाल आयल निगमको डिपोमा मात्रै लक खुल्ने आयल निगमले जनाएको छ । सेन्सरसहितको उक्त लक सिस्टम लगाएपछि तेल चोरी हुने, गुणस्तरमा तलमाथि हुने र विवादलगायत समस्या समाधान हुने आयल निगमको भनाइ रहेको छ ।
(रासस)
प्रकाशित समय २२:०० बजे