गृहपृष्ठ सुकुम्बासीबाट कर उठाउने निर्णयको विरोध

सुकुम्बासीबाट कर उठाउने निर्णयको विरोध

सुकुम्बासीबाट कर उठाउने बुटबल उपमहानगरपालिकाको निर्णयको अव्यवस्थित तथा सुकुम्बासी उत्थान संघर्ष समिति रुपन्देहीले विरोध गरेको छ । बुटवल उपमहानगरपालिकाले नगर सभाबाट अव्यवस्थित र सुकुम्बासी क्षेत्रमा बसोबास गर्नेहरु बाटकर उठाउने निर्णय गरेपछि पुनरावोलकन माग गर्दै समितिले नगर प्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा प्रमाण पत्रको दस्तुर १ हजार, वार्षिक करबापत झुपडीको २ हजार, पक्की घरको एक तला ५ हजार र प्रत्येक तला थपको २ हजारका दरले नगरपालिकाले कर लिने गरी निर्णय गरेकोप्रति ध्यानाकर्षण भएको उल्लेख छ । बुटवल उपमानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरपरिषदको निर्णयलाई तत्काल आफूले केही गर्न नसक्ने जवाफ दिएका छन् ।

प्रकाशित समय १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु