गृहपृष्ठ नीलकण्ठ उप्रेती भारतका लागि नेपाली राजदूत

नीलकण्ठ उप्रेती भारतका लागि नेपाली राजदूत

nilkantha-newskarobar नीलकण्ठ उप्रेती

 

निर्वाचन अयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती भारतका लागि नेपाली राजदूत नियुक्त हुने भएका छन् । सोमबार सरकारले उप्रेतीलाई भारतको लागि नेपाली राजदूत नियुक्त गर्ने निर्णय गरेको गरेको हो ।

भारतसँगको सम्बन्ध पछिल्लो समय उतारचढावपूर्ण रहेको छ । भारतले ‘नेपालको संविधान’ जारी भएपछि असन्तुष्टि जनाउँदै नेपालविरुद्ध अघोषित नाकाबन्दी लगाएको थियो । त्यसयता नेपाल–भारत सम्बन्ध निकै उतारचढापूर्ण रहेको विश्लेषणहरु भएका छन् ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार तथा सम्बन्ध भारतसँगको सम्पर्कमार्फत हुँदै आएको छ । नेपालको व्यापारमा त झन् भारतको ठूलो हिस्सा छ । त्यसैले पनि नेपाललाई भारतसँगको सम्बन्ध सुधार गर्नैपर्ने बाध्यता छ ।

यस्तो अवस्थामा सरकारले भारतका लागि नेपाली रादूतमा उप्रेतिलाई नियुक्त गर्ने निर्णय गरेको हो । उप्रेति निर्वाचन आयोगको प्रमुख आयुक्त हुँदा संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो ।

त्यसैगरी पूर्वराजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा नियुक्ति गर्ने निणर्य गरेको छ । सोमबारको मन्त्रीपरिषदले यस्तो निर्णय गरेको हो ।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् राजदूत सिफारिस सम्बन्धी जानकारी दिइएको हो । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलन गरेर राजदूत सिफारिसको जानकारी दिएका हुन् ।

मन्त्रीपरिषद्बाट राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ हुनेछ । प्रस्तावित राजदूत उप्रेतीले भारतका साथै भुटान र अफगानिस्तान तथा पाण्डेले इण्डोनेसिया र ब्रुनाईका लागिसमेत गैरआवासीय राजदूतका रुपमा कार्य गर्नेछन् ।

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु