गृहपृष्ठ लुम्बिनी अञ्चल अस्पताललाई २५ लाखको उपकरण सहयोग

लुम्बिनी अञ्चल अस्पताललाई २५ लाखको उपकरण सहयोग

lions-newskarobar

रुपन्देहीको लुम्बिनी अञ्चल अस्पताललाई २५ लाख रुपैयाँको उपकरण र जिन्सी सहयोग गरिएको छ । लायन्स क्लब अफ बुटवलको आयोजनामा उपचारका लागि आउने बालबालिकालाई लक्षित गरी सो सहयोग गरिएको हो ।

अस्पतालमा सोमबार एक कार्यक्रम गरी लायन्स क्लब बुटवल वर्ष १८/०१९ का अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष रमेश खनाल र मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनाललाई संयुक्त रुपमा सामान हस्तान्तरण गरे । कार्यक्रममा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सामाजिक सेवा भावले गरिएको लायन्सको कार्य उत्कृष्ट भएको बताए ।

प्रकाशित समय १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु