गृहपृष्ठ धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन
धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन
सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत सुब्बाको मंगलबार दिउँसो निधन भएको प्रेस संयोजक योगश काफ्लेले जानकारी दिए । निमोनियाबाट पीडित सुब्बा १५ दिनदेखि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका थिए ।
प्रकाशित समय १४:०३ बजे

















