गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ९)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ९)

‘पुस्तक नभएको घर र झ्याल नभएको कोठा समान हुन्छ’ यो भनाइ कसको हो ?

loksewa-newskarobar.com

१. २०७५ असार १५ गते मनाइएको १५औं धान दिवसको नारा के हो ? – धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि
२. ‘नकारात्मक सोचलाई सकारात्मक सोचले प्रतिस्थापन गरेपछि सकारात्मक नतिजा देखिन थाल्छ’ यो कसको भनाइ हो ? – विल्ली नेल्सन, अमेरिकी गायक
३. नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ? – २०७५ असार १४
४. सरकारले योजनाबद्ध ढंगले विद्युत् प्रसारण प्रणाली निर्माण गर्ने लक्ष्यका साथ प्रसारण प्रणाली विकास गुरुयोजना कहिले सार्वजनिक गरेको हो ? – २०७५ असार १७
५. ‘शत्रुको पनि गुण ग्रहण गर, गुरुको अवगुण त्यागिदेऊ’ भन्ने विद्वान को हुन् ? – चाणक्य
६. ‘पुस्तक नभएको घर र झ्याल नभएको कोठा समान हुन्छ’ यो भनाइ कसको हो ? –होरेर म्यान
७. २०७५ सालको मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार को हुन् ? – भवानिश्वर गौतम
८. पिछडिएको जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने या छुट दिने व्यवस्थालाई के भनिन्छ ? – ट्याक्स होलिडे
९. ‘फर अ लिभिङ प्लानेट’ कुन संस्थासँग सम्बन्धित छ ? – विश्व वन्यजन्तु कोष
१०. अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा पहिलो गोल गर्ने नेपाली खेलाडी को हुन् ? – बाई बी. घले
११. सूर्यको प्रकाशबाट चम्किने ग्रह तथा उपग्रहजस्ता खगोलिय पिण्डको सतहबाट परावर्तन हुने प्रकाशको रिफ्लेक्टिभ पावरलाई के भनिन्छ ? – अलविडो
१२. दुई वा दुईभन्दा बढी तत्वबीच रासायनिक प्रतिक्रिया भई बनेका पदार्थलाई के भनिन्छ ? – यौगिक
१३. कुनै भौतिक परिमाण मापनका लागि बनाइएको स्ट्यान्डर्ड परिमाणलाई के भनिन्छ ? – एकाइ
१४. हेफर इन्टरनेसनल नेपालले स्वर्णिम प्रतिभा पुरस्कार कसलाई प्रदान गर्यो ? – कमला भण्डारी (गुल्मी) (पुरस्कार राशि ७० हजार रुपैयाँ)
१५. तनहुँ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति छ ? – १४० मेगावाट
१६. २०७५ सालको राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने कृषक को हुन् ? – राजेन्द्रराज पन्त (गोरखा)
१७. २०७५ सालको आदिकवि भानुभक्त पुरस्कार कसलाई प्रदान गरियो ? – वसन्तकुमार शर्मा नेपाल
१८. ट्रापिक मोबाइल एपको सुरुवात कहिले भएको हो ? – २०७३ वैशा २०
१९. सबैभन्दा बढी औसत आयु भएको सार्क राष्ट्र कुन हो ? – माल्दिभ्स (७७ वर्ष)
२०. नेपालको संविधानको कति धारामा शिक्षासम्बन्धी हकको व्यवस्था छ ? – धारा ३१

प्रकाशित समय १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु