गृहपृष्ठ डा. केसीलार्इ काठमाडाैं ल्याइँदै, शिक्षण अस्पतालमा राखिने

डा. केसीलार्इ काठमाडाैं ल्याइँदै, शिक्षण अस्पतालमा राखिने

dkc-jumla-newskarobar फाइल तस्बिर

जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् । सरकारले बल प्रयोग गरेर समर्थकलाई तितरबितर पारेपछि काठमाडौं नजाने अडानमा रहेका डा. केसी काठमाडौं जानका लागि तयार भएका हुन् ।

सरकारले पठाएको टोलीलाई डा. केसीसमक्ष पुग्न नदिई उनका समर्थकहरुले अवरोध गर्न खोज्दा जुम्ला अस्पताल तनाबग्रस्त बनेको थियो । त्यसका साथै झडपका क्रममा आफ्ना समर्थकहरु घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् ।

अस्पतालमा भएको झडपले आफू दुःखी भएको भन्दै डा. केसी म काठमाडौं जान्छु भन्दै अस्पतालबाट बाहिरिएका थिए । डा. केसीलाई काठमाडौं ल्याउँन अनसनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नेपाली सेनाको ब्यारेकमा पुर्‍याएको छ । जहाँ सेनाको हेलिकोप्टर राखिएको छ ।

शिक्षण अस्पतालमा राखिने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले बिहिबार विहान पत्रकार सम्मेलन गरी डा. केसीलाई उपचारका लागि शिक्षण अस्पताल महाँराजगञ्जमा राखिने बताएका छन् । डा. केसीले कार्य गर्दै आएको, चिनजान भएको तथा यस अघि पनि उनको उपचार सोही अस्पतालमा हुँदै आएकाले शिक्षण अस्पतालमा राख्न लागेको मन्त्री पोखरेलको भनाई थियो ।

प्रकाशित समय १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु