गृहपृष्ठ आन्दोलनमा डाक्टर : अलपत्र बिरामी

आन्दोलनमा डाक्टर : अलपत्र बिरामी

Doctors protest in support of Dr KC at Basantapur (4) गाेविन्द केसीकाे समर्थनमा अान्दाेलनमा उत्रेका डाक्टरहरू

 

अनसनरत डा. गोविन्द केसीको समर्थनमा डाक्टरहरु आन्दोलनमा उत्रिएपछि बिरामीहरुको विचल्ली भएको छ । डा. केसीको मागप्रति सरकार गम्भिर नभएको भन्दै दबाव दिन उनीहरुले बिहिबारबाट देशभरका स्वास्थ्य संस्था ठप्प पारेका छन् ।

नेपाल चिकित्सक संघले बिहिबारबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको थियो । यसरी अत्यावश्यक सेवा अन्तर्गत पर्ने स्वास्थ्य सेवा ठप्प हुँदा बाँच्न पाउँने बिरामीको नैसर्गिक अधिकार हनन हुन पुगेको छ ।

स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माँग राख्दै २० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने सरकारी तयारी छ । उनै केसीको जीवन रक्षाका लागि सरकारलाई दबाव दिन भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।

डाक्टरहरुले स्वास्थ्य सेवा ठप्प पार्दा बिरामीहरुको भने विचल्ली भएको छ । डाक्टरहरु बिरामीप्रति निर्मम बन्दै आन्दोलनमा उत्रँदा बिरामीको उपचार गर्नु पर्ने पहिलो धर्म उल्लंघन भएको छ । डाक्टरहरुको पहिलो धर्म बिरामीको उपचार गर्नु हो । तर, डाक्टरहरुले त्यसलाई लत्याउँदै आन्दोलन गरिरहेका छन् ।

बारादेखि खुट्टाको उपचार गराउँन आएका नरेस साहले औषधि लेख्ने डाक्टर पाएका छैनन् । ३÷४ दिन पहिले काठमाडौं आएका उनले सबै जाँच सकेर रिपोर्ट त लिएका छन् तर त्यसलाई हेरेर औषधि लेखिदिने डाक्टर भने पाउन सकेका छैनन् ।
साहको जस्तै विचल्ली भएका बिरामीहरुको संख्या ठूलो छ । डाक्टरहरुले आफ्ना माग पूरा गराउन गलत बाटो अपनाउँदा बिरामीको विचल्ली हुन पुगेको छ ।

प्रकाशित समय १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु