गृहपृष्ठ माइतीघरमा चिकित्सक संघको प्रदर्शन

माइतीघरमा चिकित्सक संघको प्रदर्शन

dkc-maitighar1-newskarobar

नेपाल चिकित्सक संघले बिहीबार पनि राजधानीमा प्रदर्शन गरेको छ । २० दिनदेखि जुम्लामा अनसन बसिरहँदा सरकारले केसीको माग पूरा गर्नुको सट्टा जुम्लाबाट जबर्जस्ती काठमाडौं ल्याउने तयारी गरेको भन्दै संघले प्रदर्शन गरेको हो ।

माइतीघर मण्डलाबाट संघको अगुवाइमा सुरु भएको जुलुस नयाँ बानेश्वरमा कोणसभामा परिणत भएको थियो । कोणसभामा माथेमा आयोगका सदस्य प्राध्यापक मदन उपाध्यायले सरकारले जनतालाई ढाँटिरहेको बताए । सरकारले माथेमा आयोगको समय गुज्रिएको, माथेमा आयोगको कुरा राखेर विधेयक बनाइएको, विद्यार्थीले पढ्न पाएनन् र विदेश गए जस्ता कुरा गरेर मेडिकल माफियाअनुकूल विधेयक ल्याउन खोजेको उपाध्यायको आरोप छ । ‘हामीले प्रादेशिक संरचनालाई पनि ख्यालमा राखेर विधेक तयार पारेको छौं,’ उपाध्यायले भने, ‘तर सरकार प्रोपोगाण्डामा लागेको छ ।’

कोणसभामा डा. केदारनाथ सिंहले नागरिकको अनसन बस्ने अधिकारलाई सरकारले हरण गर्न खोजेको भन्दै सरकारविरुद्ध जेनेभा सन्धि उल्लंघन गरेकोमा मुद्दा हाल्न कानुन व्यवसायीलाई आग्रह गरे । ‘यो आन्दोलन डा. केसीको नभई आमनागरिकको हो,’ उनले भने ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु