गृहपृष्ठ सरकारलाई सुशीला कार्कीको प्रश्न- दुई तिहाइ छ भन्दैमा जनताले भनेको मान्नुपर्दैन ?
सरकारलाई सुशीला कार्कीको प्रश्न- दुई तिहाइ छ भन्दैमा जनताले भनेको मान्नुपर्दैन ?
फाइल फाेटाे
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसँग डा. गोविन्द केसीका माग पूरा गर्नुको विकल्प नभएको बताएकी छन् । अनसनरत डा. केसीको समर्थनमा शनिबार राजधानीमा भएको प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै कार्कीले प्रश्न गरिन्– ‘दुर्इ तिहाइ छ भन्दैमा सरकारले जनताले भनेको मान्नु पर्दैन ?’
सत्याग्रही डा. केसीलाई कहिले कांग्रेस त कहिले के भनेर आरोपित गर्ने गरिएकोप्रति उनले असन्तुष्टि जनाइन् । डा. केसी आफ्ना लागि या कुनै दलका लागि नभई नेपाली जनताका लागि लडेको कार्कीले बताइन् ।
प्रकाशित समय १४:४७ बजे

















