गृहपृष्ठ अपराधीलाई निस्तेज गर्न मन्त्रालय प्रतिबद्ध : गृहमन्त्री

अपराधीलाई निस्तेज गर्न मन्त्रालय प्रतिबद्ध : गृहमन्त्री

badal-newskarobar

गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका अपराध र अपराधीलाई निस्तेज गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । नेपाल मगर संघ २ नं प्रदेश समितिले शनिबार सर्लाहीको लालबन्दीमा आयोजना गरेको सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री थापाले जनतालाई ठग्ने, विकास निर्माणका काममा लापरबाही गर्ने र राजश्व दोहन गर्ने सबैलाई क्रमैसँग कारबाही गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

पहिचान, प्रतिनिधित्व र प्रगतिका निम्ति सबै जातजातिले आ–आफ्नो ठाउँबाट आवाज बुलन्द गर्न जरुरी रहेको बताउँदै गृहमन्त्री थापाले देशको समृद्धि र विकासका लागि मगर समुदायले पु-याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध र विकसित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

(रासस)

प्रकाशित समय २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु