गृहपृष्ठ पहिरोमा परी एकै परिवारका तीनको मृत्यु

पहिरोमा परी एकै परिवारका तीनको मृत्यु

pahiro-newskarobar फाइल फाेटाे

बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा शनिबार दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए । महेश्वरी वडा नं. ६ की महिला स्वास्थ्य स्वयंमसेविका पनि हुन् ।

गाउँ नजिकै रहेको शिव मन्दिर पहिरो जाँदा चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनामा परी अन्य दुई जना घाइते भएका छन् । पहिरोमा परी सोही गाउँका पाँच वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(रासस)

प्रकाशित समय २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु