गृहपृष्ठ पानी माग्दै कृषकले भुमेबर्माको पूजा गरे

पानी माग्दै कृषकले भुमेबर्माको पूजा गरे

साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका कृषकले भुमेबर्माको पूजा गरेका छन् । तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए । ’पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पार्छिन् भन्ने जनविश्वासका कारण पूजा गरिएको हो’ उनले भने ।
सयौँको सख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका कृषकले कुखुरा र बोकासमेत काटेर बलि थिए । समयमा पानी नपर्दा किसान निकै चिन्तित रहेका छन् । पानी नपर्दा तुलसीपुरको हजारौँ बिगाह जमीन बाँझै रहेको छ । (रासस)

प्रकाशित समय ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु