गृहपृष्ठ प्रेमीसँग मिलेर पतिको हत्या

प्रेमीसँग मिलेर पतिको हत्या

kailali-hatya-newskarobar

 

कैलालीको भजनीकी एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छन् । भजनी नगरपालिका-९, भुरुवाकी निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको कैलाली प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा श्रमती निर्मलाले पतिको हत्या गरेको पाइएको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख राजेन्द्रबहादुर सिँहले जानकारी दिए । अनुसन्धानका लागि प्रहरीले दुवै आरोपितलाई नियन्त्रणमा लिएको उनले बताए ।

मृतक राजी साउन ४ गतेदेखि बेपत्ता थिए । उनको शव घरनजिकैको जंगलमा आइतबार राति खाल्डोभित्र फेलापरेको थियो । शव डोरीले खुट्टा बाँधेर बोरामा राखेको अवस्थामा खाल्डोभित्र भेटिएको प्रहरीले बताएको छ । अनुसन्धानका क्रममा निर्मला र दिलिपबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु