गृहपृष्ठ मार्सी चामलको भातबारे बोले प्रधानमन्त्री ओली

मार्सी चामलको भातबारे बोले प्रधानमन्त्री ओली

kp oli_newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले मार्सी चामलको भात मिठो नभएको प्रतिक्रिया दिएका छन् । व्यवसायी दुर्गा प्रसाईँको घरमा खाएको मार्सी चामलको भातबारे सामाजिक संजालमा आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले मार्सी चामलको भात मिठो नभएको प्रतिक्रिया दिएका हुन् ।

आज पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई देखाउँदै भने –  ‘म र प्रचण्ड प्रसाईँको घरमा गएका थियौं, खाना खान आग्रह गरेपछि खाइयो, अहिले भारतको बासमती चामलको भात खानेले मार्सीको विरोध गरिरहेका छन् ।’

उनले प्रतिपक्ष कांग्रेसले विरोध गर्ने केहि नपाएर मार्सी चामलको विरोध गरिरहेको बताए । प्रसाइँको घरमा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डले मार्सी चामलको भात खाएको फोटो सामाजिक संजलामा भइरल भइरहेको छ ।

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु