गृहपृष्ठ बाढीपीडितका लागि आएको चार करोड फ्रिज

बाढीपीडितका लागि आएको चार करोड फ्रिज

badhipidit-biratnagar

मोरङको कटहरी गाउँपालिकाका बाढीपीडितलाई वितरणका लागि आएको ३ करोड ८९ लाख २५ हजार रकम फिर्ता भएको छ । बाढीपीडितको रकम स्थानीय तहले वितरण नगरेपछि फ्रिज भएको हो ।

सो रकम मोरङको कटहरी गाउँपालिकाका बाढीपीडितका लागि आएको थियो । गृह मन्त्रालयबाट आएको रकम असार ३२ गतेसम्म गाउँपालिकाले वितरण नगरेपछि फिर्ता भएको हो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले रकम वितरणका लागि पटक–पटक पत्राचार गर्दा पनि कटहरीसहित अन्य गाउँपालिकाले बेवास्ता गरेकाले रकम फिर्ता भएको जानकारी दिए ।

देशभरका स्थानीय तहलाई पठाएको रकम फिर्ता भएकाले यसको समाधान केन्द्रस्तरबाट हुनुपर्ने उनले बताए । तर, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बाढीपीडितको रकम आर्थिक वर्षभित्र फ्रिज हुन्छ भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयले आफूलाई कुनै जानकारी नगराएको दाबी गरेका छन् ।

आर्थिक वर्षको अन्त्यसम्ममा रकम वितरण गरिसक्नुपर्ने कुराको जानकारी प्रशासनले नगराएको गाउँपालिका अध्यक्ष कामतले बताए । अब फेरि सो रकम आउने वातावरण बनाउन गाउँपालिका अध्यक्ष कामतले प्रमुख जिल्ला अधिकारी आचार्यसँग आग्रह गरेका छन् । कटहरी गाउँपालिकाले बाढीपीडितलाई रकम वितरण नगरेपछि स्थानीयले गाउँपालिका घेराउसमेत गरेका थिए ।

प्रकाशित समय २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु