गृहपृष्ठ सरकार र डा. केसी पक्षबीच वार्ता मिल्यो
सरकार र डा. केसी पक्षबीच वार्ता मिल्यो
सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच आज भएको वार्ता निष्कर्षमा पुगेको छ । चिकित्सा शिक्षा विधेयक संशोधन गर्न सरकार तयार भएपछि वार्ता मिलेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार शिक्षा मन्त्रालयमा केहीबरेपछि सहमति पत्रमा दुवै पक्षले हस्ताक्षर गर्नेछन् ।
चिकित्सा शिक्षामा सुधारको मागसहित पटक-पटक अनसनमा बसेका डा. केसी यसपटक असार १६ गतेदेखि अनसनमा बसेका थिए । सरकारले विगतमा भएका सहमति र चिकित्सा शिक्षा अध्यादेशविपरीत विधेयक अघि बढाएपछि त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. केसी असार १६ गतेदेखि अनसनमा छन् ।
असार १६ गते जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि सरकारले अनेक उपाय लगाएर साउन ३ गते काठमाडाैं ल्याएको थियो ।
प्रकाशित समय १२:४६ बजे

















