गृहपृष्ठ राष्ट्रियसभाकाे बैठक अवरुद्ध

राष्ट्रियसभाकाे बैठक अवरुद्ध

कांग्रेसले गृहमन्त्रीसँग जवाफ माग्याे

Rastriya-sabha_newskarobar

प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै कांग्रेले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो । उसले नयाँ बानेश्वरमा तरुणदलले निकालेको र्यालिमा सरकारले हस्तक्षेप गरेको विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग पनि गरेकाे छ ।

बैठक सुरु भए लगत्तै कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले गृममन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए । कांग्रेसका सदस्यहरुले उभिएर विरोध जनाएपछि अध्यक्ष गणेश तिमिल्सिनाले बैठक साउन १६ गतेसम्मका लागि स्थगित गरेका छन । यसअघि हिजो पनि कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु