गृहपृष्ठ उपराष्ट्रपति कप : एपिएफ र रौतहट विजयी

उपराष्ट्रपति कप : एपिएफ र रौतहट विजयी

 

उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र रौतहट विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको पहिलो खेलमा एपिएफले काठमाडौँलाई १०–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । एपिएफको जितमा सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् भने अनिता केसीले ह्याट्रिक पूरा गरिन् । त्यस्तै अनिता बस्नेत र अनु लामाले १/१ गोल गरे ।

काठमाडौँको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा काठमाडौँ रौतहटसँग ४–० ले पराजित भएको थियो । एपिएफकी अनिता केसी खेलको उमन अफ द म्याच घोषित भइन् ।

सोही मैदानमा आजै भएको दोस्रो खेलमा रौतहटले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पार्यो । पहिलो खेलमा रौतहटले काठमाडौंलाई हराएको थियो । रौतहटको जितमा अस्मिता वैद्यले गरेको एक गोल नै खेलको निर्णायक सावित भयो । उनले खेलको १२औँ मिनेटमा गोल गरेकी थिइन् । प्रतियोगितामा तीन विभागीय टोलीसहित पाँच टोलीको सहभागिता छ ।

(रासस)

प्रकाशित समय २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु