गृहपृष्ठ कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या
कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या
कञ्चनपुरकाे महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । भीमदत्त नगरपालिका–१८, निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो। पन्तकाे अाफ्नै घरनजिक उखुबारीमा बलात्कारपछि हत्या भएको प्रहरीले जनाएकाे छ ।
बिहीबार मध्याह्न घरबाट निस्किएकी पन्त साँझसम्म घर नफर्किएपछि परिवारले खाेजिगरेका थिए । सडकनजिकै खोला किनारमा साइकल र किताब-कापी फेला परेपछि नजिकै खोजतलास गर्ने क्रममा शुक्रबार बिहान उखुबारीमा उनको शव भेटिएको हो। प्रहरीमा अाफन्तले उजुरी दिएपछि शुक्रबार बिहान खोजतलास गर्ने क्रममा एक जना शंकास्पद युवक पक्राउ परेको केही बेरपछि बालिकाको शव भेटिएको हो ।
शव अहिले घट्नास्थलमै छ। बालिका स्थानीय सरस्वती मावि खोल्टीमा कक्षा ९ मा अध्ययनरत थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेट्टीले घटनाबारे अनुसन्धान अघि बढेको बताएका छन् ।
घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् । उनीहरुले दिनप्रतिदिन अपराध बढ्दै गए पनि प्रहरी प्रशासनले ध्यान दिन नसकेको बताएका छन् । कञ्चनपुरमा दुई साताअघि मात्रै १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको थियो ।

प्रकाशित समय १३:०३ बजे

















