गृहपृष्ठ बलात्कारपछि हत्या गरिएकी निर्मलाको चार दिनपछि दाहसंस्कार

बलात्कारपछि हत्या गरिएकी निर्मलाको चार दिनपछि दाहसंस्कार

nirmala-newskarobar

 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको चार दिनपछि दाहसंस्कार गरिएको छ । चार दिनअघि बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा उनको शव फेला परेको थियो । निर्मलाको सोमबार बिहान महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

निर्मलालाई बुबा यज्ञराज पन्तले उनलार्इ दागबत्ती दिए । छोरीलाई दागबत्ती दिँदै यज्ञराजले हत्यारालाई कडा सजाय दिन माग गरेका छन् । घटनाको अनुसन्धानका लागि शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत महेन्द्रनगर पुगिसकेको छ ।

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु