गृहपृष्ठ प्रचण्ड र चिनियाँ उपविदेश मन्त्री चिङबीच भेटवार्ता

प्रचण्ड र चिनियाँ उपविदेश मन्त्री चिङबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ उपविदेश मन्त्री वाङ या चिङबीच भेटवार्ता भएको छ ।

आज दाहाल निवास खुमलटारमा भएको भेटमा चिनियाँ मन्त्री चिङले नेपालको आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको दाहालको सचिवालयले जनाएको छ । उनले कम्युनिष्ट पार्टीहरुको एकताबाट राजनीतिक स्थायीत्व कायम भएकोमा अध्यक्ष दाहाललाई बधाइ दिएका छन् ।
भेटमा दाहालले कम्युनिष्ट पार्टीहरुबीचको एकतालाई जनताले चुनावमा जिताएर अनुमोदन गरेको बताए । चीनको आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको दाहलको भनाइ छ ।

प्रकाशित समय १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु