गृहपृष्ठ बेलका नगरपालिकाका उपप्रमुख र वडाध्यक्षबीच ‘अनैतिक सम्बन्ध’ !

बेलका नगरपालिकाका उपप्रमुख र वडाध्यक्षबीच ‘अनैतिक सम्बन्ध’ !

रंगेहात फेलापरेको भन्दै उपप्रमुखका श्रीमान शिवरामले गरे कुटपिट

anaitik-shabmand सांकेतिक तस्बिर

वडाध्यक्षसँग अनैतिक सम्बन्ध राखिरहेका बेला रंगेहात फेलापरेको भन्दै उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरी आफ्नै श्रीमानबाट कुटिएकी छन् । बेलका नगरपालिका-४ का अध्यक्ष दीपक दंगालसँग उपप्रमुख चौधरी बन्द कोठामा आपत्तिजनक अवस्थामा भेटिएको भन्दै श्रीमान् शिवराम चौधरीले कुटपिट गरेका हुन् ।

वडा नम्बर १ घर भएकी उपप्रमुख चौधरी, वडा नम्बर ४ का अध्यक्ष दंगालसँग आपत्तिजनक अवस्थामा भेटिएको भन्दै मादक पदार्थ सेवन गरी कुटपिट गरेको पाइएपछि प्रहरीले शिवरामलार्इ नियन्त्रणमा लिएको छ । उपप्रमुख कुटिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय बेलकाले शिवराम चौधरीलाई नियन्त्रणमा लिएको हो ।

मादक पदार्थ सेवन गरेको/नगरेको प्रमाणित गर्न शिवरामलाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको प्रहरी निरीक्षक नवीन सिंहले जानकारी दिए । प्रहरीले उपप्रमुख कुटिएपछि शिवरामलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ । स्थानीयले भने उपप्रमुख चौधरी र वडाध्यक्ष दंगालबीच पहिलेदेखि नै सम्बन्ध रहेको बताएका छन् ।

वडाध्यक्ष दंगालले भने नगर प्रमुख दुर्गाकुमार थापा कामकाे शिलशिलामा बाहिर गएकाे र अाफूलार्इ कार्यभार सुम्पिएकाले कार्यालयकै कामका लागि उपप्रमुखलार्इ भेट्न गएकाे दाबी गरे । बिनाआधार उपप्रमुखका श्रीमान मदिरा सेवन गरी कुटपिटमा उत्रिएकाे वडाध्यक्ष दंगालको अाराेप छ ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु