गृहपृष्ठ समृद्धिका लागि सुरक्षा पहिलो सर्त : प्रभु साह

समृद्धिका लागि सुरक्षा पहिलो सर्त : प्रभु साह

prabhu-sah-newskarobar इलाका प्रहरी कार्यालय माैलापुरकाे उद्घाटन गर्दै सांसद साह

 

पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य प्रभु साहले समृद्धिका लागि सुरक्षा पहिलो सर्त भएको बताएका छन् । रौतहटस्थित मौलापुर नगरपालिकामा इलाका प्रहरी कार्यालयको उद्घाटनमा बोल्दै सांसद साहले समृद्धिका लागि सुरक्षा अपरिहार्य भएको बताएका हुन् ।

‘हामी समृद्धिको यात्रामा अघि बढेका छौं,’ उद्घाटनका क्रममा सांसद साहले भने, ‘त्यसका लागि सुरक्षा पहिलो प्राथमिक विषय हो ।’ आफ्नो मुख्य लक्ष्य समाजलाई समृद्धिको यात्रामा अघि लैजानु भएको उल्लेख गर्दै उनले तर उक्त लक्ष्य एकै पटकका हासिल हुन नसक्ने बताए । सोही कारण क्रमिक रुपमा सुधारका कार्यलाई आफूले अघि बढाएको उनको भनाई थियो ।

सुरक्षा धेरै विषयसँग जोडिएर आउने उल्लेख गर्दै सांसद साहले भने, ‘पहिला सबैले सुरक्षित छु भन्ने महशुस गर्नुपर्याे, त्यसपछि मात्र उसले पूर्ण क्षमताका साथ कार्य गर्न सक्छ ।’ सोही कारण आफूले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

prabhu-sah-newskarobar (2)
इलाका प्रहरी कार्यालय माैलापुरकाे उद्घाटनका क्रममा सांसद साह, प्रदेश नं. २ का प्रदेश सभा सदस्य कुन्दन कुश्वाहालगायत ।

 

पछाडि पारिएका समुदाय सदियौंदेखि उत्पीडनमा जिउन वाध्य भएको उल्लेख गर्दै साहले अब त्यसलाई परिवर्तन गर्ने दिन आएको उल्लेख गरे । उनले त्यसका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले प्रयास गरिरहेको बताए ।

‘हाम्रो समाज गरिबीका कारण बेहाल भएको छ, हाम्रो समाज पिछडा पनका कारण हैरान छ, हाम्रो समाजमा बेरोजगारीको समस्या विकराल छ,’ साहले भने, ‘यसको अन्त्यका लागि म निरन्तर प्रयास र संघर्षमा छु ।’

सांसद साहले ग्रामिण क्षेत्रबाट सुविधा र अबसरको खोजीमा सहरी क्षेत्रमा जाने क्रम बढीरहेकोप्रति दुःख व्यक्त गरे । ‘शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कुराका लागि खासगरी युवा वर्ग सहरी क्षेत्रमा जानुपर्ने बाध्यता छ,’ साहले भने, ‘त्यसका लागि ग्रामिण क्षेत्रमै शिक्षा स्वास्थ्य तथा रोजगारीको उचित प्रबन्ध गर्न सकेमा हामी यो अवस्था अन्त्य गर्न सक्छौं ।’ सोही कारण ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्य, सुरक्षा तथा रोजगारीको उचित प्रबन्धका लागि आफूले नेतृत्व गरेको साहको भनाई थियो ।

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु