गृहपृष्ठ उदयपुरको बेलकामा शनिबार विद्युत अवरूद्ध हुने
उदयपुरको बेलकामा शनिबार विद्युत अवरूद्ध हुने
उदयपुरको बेलका नगरपालिका–४ मा शनिबार दिनभर विद्युत अवरूद्ध हुने भएको छ । बलार्थ सब-स्टेसनमा लाइन मर्मत गर्नका लागि भन्दै बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत अवरूद्ध गर्न लागिएको हो ।
ठोक्सिला ग्रामीण विद्युत विकास केन्द्रले सूचना जारी गरी शनिबार १२ घण्टा लोडसेडिङ हुने जानकारी गराएको छ । केन्द्रले यसबाट पर्ने असुविधाप्रति क्षमायाचनासमेत गरेको छ। दिनभर लोडसेडिङ हुने भएपछि बेलका-४ को विद्युतीय माध्यमबाट हुने सम्पूर्ण काम-कारबाही प्रभावित हुने भएको छ ।
प्रकाशित समय २१:१२ बजे

















