गृहपृष्ठ धनुषामा गोली प्रहार गरी युवकको हत्या

धनुषामा गोली प्रहार गरी युवकको हत्या

goli_hanahan सांकेतिक तस्बिर ।

धनुषामा गोलि प्रहार गरि एक युवकको हत्या गरिएको छ । जनकनन्दनी गाउँपालिका इनर्वास्थित रेल्वे स्टेशन नजिक कमला नगरपालिका वाडा नम्बर ८ बस्ने अन्दाजी २५ बर्षका राजेश यादवको हत्या भएको हो।

शुक्रबार बिहान करिब ५ बजे स्थानीयवासिहरुले रेल्वे लिकको नजिकै यादवको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घट्नाको प्रकृति हेर्दा यादवको शरीरमा ३(४ गोली प्रहार गरिएको ईलाका प्रहरी कार्यालय इनर्वाले जनाएको छ। प्रहरीले जनाए अनुसार यादवको टाउको र पेटमा गोली लागेको निशान देखिएको छ ।

घटनास्थलबाट कटुवा पेस्तोल १ थान, खोका ३ थान र एउटा मोटरसाइकल फेला परेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। घटनाको विषयमा आवश्यक अनुसन्धानको साथै सलग्नहरुको खोजी कार्य जारी रहेको थपलियाले बताएका छन्।

यता प्रहरी स्रोतका अनुसार गोली प्रहार गरी हत्या गरिएका यादव आपराधिक गतिविधिहरुमा संलग्न थिए। गंभीर प्रकृतिका मुद्दामा पक्राउ परेका यादव केहिदिन पूर्वमात्र सिरहा जिल्ला अदालतबाट तारेखमा रिहा भएको एकजना प्रहरी अधिकृतले बताएका छन्। प्रहरी स्रोतका अनुसार यादव आपराधिक घटनामा भारतमा समेत पक्राउ परेर रिहा भएका थिए।

प्रकाशित समय २२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु