गृहपृष्ठ जनकपुरमा भतिजाले गरे काकाको हत्या

जनकपुरमा भतिजाले गरे काकाको हत्या

धनुषाको जनकपुर उपमहानगरपालिका वाडा नम्बर १९ बेगाशिवपुरमा भतिजाले काकाको हत्या गरेका छन् । आइतबार राति ५२ वर्षिय रामवृक्ष यादव र ५० वर्षिय अरुण यादवले बिरामी बुबाको रेखदेख नगरेको भन्दै विवाद भएपछि अरुणका छोरा ३० बर्षिय अतिसन्दर यादवले धारिलो हतियार प्रयोग गरि रामवृक्षको हत्या गरेका हुन् ।

रामवृक्षका छोरा रामसोगारथ यादवले अरुणलाई कुटपिट गरेपछि अतिसन्दरले काका रामवृक्षलाई धारिलो हतियार प्रहार गरेका थिए । मृतक यादवका छोरा रामसोगारथ यादव गम्भीर घाइते भएका छन । मृतक यादवको शव जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्ट्मका लागि राखिएको छ ।

घाइते रामसोगारथलाई थप उपचारको लागि काठमाडौं ल्याइएको धनुषाका प्रहरी उपरीक्षक गोबिन्द थपलियाले जानकारी दिए । घटनामा संलग्न रहेकन अरुण र अतिसन्दर यादवलाइ धनुषा प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु