गृहपृष्ठ नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

एकदिवसीय क्रिकेट प्रतियोगिता ऐतिहासिक : कप्तान खड्का

नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेर नेपाल आज बिहान स्वदेश फर्किएको हो ।

नेदरल्यान्ड्ससँग ऐतिहासिक २ खेलको एक दिवसीय क्रिकेट सिरिज बराबरी खेलको थियो । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाली टोली दोस्रो खेलमा १ रनले विजयी भएको थियो ।

त्रिभूवन विमानस्थलमा संचारकर्मीसँग कप्तान पारस खड्काले एकदिवसीय क्रिकेट नेपालको लागि ऐतिहासिक भएको प्रतिक्रिया दिए ।

प्रकाशित समय ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु