गृहपृष्ठ यसरी भयो बालक अपहरणकारीको इन्काउन्टर

यसरी भयो बालक अपहरणकारीको इन्काउन्टर

encounter-newskarobar

 

काठमाडौंको काँडाघारीबाट आइतबार साँझ ११ वर्षीय बालक निशान खड्काको अपहरण भयो । विद्यालयबाट घर फर्किरहेका बालक खड्का घर पुग्न नपाई अपहरणकारीको फन्दामा परे ।

narendra-uprety-newskarobar
प्रहरी उपरिक्षक नरेन्द्रप्रसाद उप्रेती

हाइल्याण्ड स्कुलका विद्यार्थी खड्का अपहरणमा परेको जानकारी पाएपछि प्रहरी खोजी कार्यमा लाग्यो । निशानका बाबु वैदेशिक रोजगारीको शिलशीलामा छन् भने आमा चमेली चिया पसल सञ्चालन गर्छिन् । उनीहरुसँग अपहरणकारीले ४० लाख रुपैयाँ फिरौती मागेका थिए ।

अपहरणमा परेका बालकको खोजीकार्य प्रहरीले तीव्र पार्याे । खोज्दै जाँदा बालक खड्काको शव ठिमीमा भेटियो । सुर्यविनायक नगरपालिका–८ भक्तपुरको जंगलमा अपहरणकारीलाई प्रहरीले फेला पार्याे । प्रहरी देखेपछि उनीहरुले आक्रमण गरेपछि प्रहरीसँग मुठभेड भयो । त्यसपछि अपरहणकारी गोपाल तामाङ र अजय तामाङको मृत्यु भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।

 

घटना श्रृंखला

  • आईतबार अपरान्ह साढे ४ बजे काँडाघारीबाट बालक हराए ।
  • ११ वर्षीय निशान खड्का अपहरणको आशंकापछि प्रहरीलाई खबर भयो ।
  • साझ अपहरणकारीले वालकका परिवारसँग ४० लाख फिरौती मागे ।
  • अपहरणकारीले फोन गरेको मोबार्ईल नम्वरको ट्रयापिङमा प्रहरी लाग्यो ।
  • सोमबार विहानैबाट उपत्यकाभरी खोजतलास सुरु भयो ।
  • अपहरित बालक सूर्यविनायक नगरपालिकास्थित ठिमीको एक घरमा मृत अवस्थामा भेटिए ।
  • तर अपहरणकारी फेला परेनन्, प्रहरीले अपहरणकारीको खोजी कार्यलाई थप तीब्र बनायो ।
  • सूर्यविनायक–८ भक्तपुरको जंगलमा अपहरणकारी फेला परे ।
  • प्रहरी देखेर आक्रमण अपहरणकारीले प्रहरीमाथि गोली चलाए ।
  • प्रहरीको जवाफी कारवाहीमा दुई जना अपहरणकारी मारिए ।
  • प्रहरीको इन्काउन्टरमा परि अपहरणकारी गोपाल तामाङ र अजय तामाङको मृत्यु भयो ।
  • प्रहरीले अपहरणकारीको साथबाट केही एक थान पेस्तोल, दुई राउण्ड गोली बरामद गर्याे ।
  • साथै फिरौती माग्न प्रयोग भएको मोबाइलसमेत प्रहरीले बरामद गर्याे ।

प्रकाशित समय १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु