गृहपृष्ठ इरानप्रति कडा हुन अमेरिकाको दबाब

इरानप्रति कडा हुन अमेरिकाको दबाब

image तस्बिर गुगल

 

इरान–अमेरिका सम्बन्ध पुनः चिस्सिएपछि त्यसले विश्व राजनीतिलाई तरंगित बनाउने देखिएको छ । अमेरिका र उत्तर कोरिायबीचको सम्बन्धमा सुधारका संकेतहरु देखिन थालेपछि विश्व राजनीतिमा टकरावको स्थिति कम हुने अनुमानका बीच इरान–अमेरिका सम्बन्धमा दरार देखिन थालेको छ ।

trump-newskarobar

इरानमा पुनः लागू भएको आर्थिक प्रतिबन्धका पक्षमा ट्रम्प प्रशासन खुलेरै लागेको छ । उसले उक्त प्रतिबन्धलाई सफल पार्न इरानसँग ‘दुरी कायम गर्न’ भनेको छ । अझ अघि बढेर ट्रम्प प्रशासनले इरानसँग व्यापार गर्नेहरुको अमेरिकासँगको सम्बन्ध अघि बढ्न नसक्ने टिप्पणी गरेका छन् ।

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘इरानमाथि आधिकारिक रुपमा प्रतिबन्ध लगाइएको छ, यो अहिलेसम्मको सबैभन्दा कडा प्रतिबन्ध हो ।’ ट्रम्पले गरेको ट्वीटमा इरान र अमेरिकासँग एक साथ सम्बन्ध राख्न चाहानेहरुलाई भनिएको छ, यो अघि बढ्दैन । ‘जो इरानसँग सम्बन्ध जारी राख्न चाहान्छन् उनीहरुका साथ अमेरिकाको सम्बन्ध अघि बढ्न सक्दैन ।’

सन् २०१५ मा ओबामा प्रशासनले इरानसँग परमाणु सम्झौता गरेको र सोही सम्झौताको आधारमा इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गरेको बिबिसीले लेखेको छ । तर, ह्वाइट हाउसमा ट्रम्प प्रशासनको सुरुवात भएपछि उक्त सम्झौताको निरन्तरतामा गम्भीर प्रश्न खडा भएको थियो । किनकि ट्रम्पले चुनाव प्रचारकै क्रममा उक्त सम्झौताको कडा आलोचना गरेका थिए ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु