गृहपृष्ठ सुरक्षा व्यवस्थामा नागरिक विश्वस्त छैनन्
सुरक्षा व्यवस्थामा नागरिक विश्वस्त छैनन्
पछिल्लो समयमा भएको बलात्कार पछिको हत्या, अपहरण पछिको हत्या तथा प्रहरीको इन्काउन्टर जस्तो घटनाको कारण राज्यबाट नागरीकले सुरक्षाको प्रत्यभूति गर्न नसकेको राजधानीमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
बुधबार काठमाडौंमा भएको अन्र्तक्रियामा मानवअधिकारवादी, कानुन व्यवसायी तथा सांसदहरुले राज्यले नागरिकलाई शान्ति सुरक्षामा आश्वस्त पार्न नसकेको आरोप लगाए । राष्ट्रिय मानव अधिकार आयोगको सदस्य सुदिप पाठकले मुलुकको पछिल्लो अपराधिक क्रियाकलाप र नेपाल प्रहरीको कार्यशैलीले शान्ति सुरक्षाको अवस्था नाजुग बन्दै गएको बताए ।
शाधन, स्रोत र वैज्ञानिक उपकरणको अवाभको कारण नेपाल प्रहरीले सोचेको र चाहेको जस्तो सेवा दिन नसकेको पनि पठकले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम सांसद डा. डिला सग्रौलाले सरकारले नै अपराधीलाई संरक्षण दिएको कारण अपराधको न्युनिकरण गर्न नसकेको बइन् ।
नेपालमा जघन्य अपराधीलाइ मृत्यु दण्डको सजाए दिन नसकिने भन्दै नेपाल बार एसोसियसनका उपाध्यक्ष उषा मल्ल ठकुरीले अब आउने कानुनमा यस्ता किसीमको अपराधीलाई हदै सम्मको कारवाही हुने कानुन आउनु पर्नेमा जोड दिइन् ।
प्रकाशित समय १५:५३ बजे

















