गृहपृष्ठ लमजुङका ३२ घर उच्च जोखिममा

लमजुङका ३२ घर उच्च जोखिममा

 

लमजुङको दोर्दीमा जमीन भासिएपछि खिमचोक गाउँका ३२ घर उच्च जोखिममा परेका छन् । निरन्तरको वर्षाका कारण एक साताअघि दोर्दी– ८ खिञ्चोकस्थित खिञ्चोक–जल्गेनी सडक भासिएपछि स्थानीयबासीले जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए ।

जिल्लाबाट प्राविधिकको टोलि स्थलगत अवलोकनका लागि गाउँ पुगेको थियो । प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा तत्कालका लागि ती घर स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

प्राविधिकको प्रतिवेदनका आधारमा मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा रहेको बस्तीलाई तत्कालका लागि गाउँ नजिकै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

सडकसँगै अन्य जमीन पनि भासिन थालेपछि गाउँ नै जोखिममा परेको हो । जोखिममा रहेका स्थानीयबासीलाई तत्कालका लागि अस्थायी स्थानान्तरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । बैठकबाट सम्बन्धित गाउँपालिकासँग समन्वय गरी आवश्यक राहत उपलब्ध गराइने निर्णय भएको प्रजिअ ढकालले बताए ।

जोखिममा परेको बस्तीमा राहत तथा उचित व्यवस्थापनका लागि सहयोग गर्न सरोकार भएका सरकारी तथा गैरसरकारी निकायलाई पनि आग्रह गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु