गृहपृष्ठ बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा पेटिकोट लगाएर प्रदर्शन

बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा पेटिकोट लगाएर प्रदर्शन

ardhanagna-pradarsan-newskarobar

 

बलात्कारीलाई फाँसीको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा युवतीहरूले पेटिकोट लगाएर विरोध प्रदर्शन गरेका छन् । महिला हिंसाको विरोध गर्दै युवती, तेस्रो लिंगी र पुरुषसमेतले पेटिकोट लगाएर माइतीघरमा प्रदर्शन गरेका हुन् ।

अर्धनग्न प्रदर्शनका क्रममा उनीहरूले कालो रंगको पेटिकोट लगाएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राउ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

प्रदर्शनस्थलबाट प्रहरीले अनामनगर सावित्री सुवेदी जयनारी अभियानकी सावित्री सुवेदी, रिया भण्डारी, तेस्रो लिंगी सन्ध्या लामालगायतलार्इ प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीले हत्या, हिंसा र बलात्कारको विरोध गरिएका प्लाकार्डसहित सरकारको विरोध गरेका थिए ।

ardhanagna-pradarsan-newskarobar

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिर ः सुनिल प्रधान

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु