गृहपृष्ठ कांग्रेस महामन्त्रीले भने- हिन्दू राष्ट्रको मुद्दा छिनोफानो गर्न जनमत संग्रह
कांग्रेस महामन्त्रीले भने- हिन्दू राष्ट्रको मुद्दा छिनोफानो गर्न जनमत संग्रह
कांग्रेसले जितेको स्थानीय तहमा कर बढ्दैन : शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता असफल बनाउन केही तत्व जुटेकाले यसको सफलताका लागि सबै पक्ष जुट्न अावश्यक देखिएको बताएका छन् । विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले संघीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिएको बताए ।
अहिले कर वृद्धि पनि मनपरि भइरहेको भन्दै उनले अापत्ति जनाएका छन् । जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने उनको भनाइ छ । ‘नेपाली कांग्रेसले जितेका स्थानीय तहमा कर वृद्धि गर्न दिँदैनाैं,’ उनले भने ।
पार्टीको महासमिति भेला अन्योल र अनिश्चित भइरहेका बेला महामन्त्री कोइरालाले भने भेला यसै वर्षभित्र सम्पन्न गर्ने दाबी गरे । हिन्दू राष्ट्रको मुद्दा छिनोफानो गर्न जनमत संग्रह गर्नुपर्ने उनले दोहोर्याए ।
प्रकाशित समय १५:४१ बजे

















