गृहपृष्ठ बेलकामा निःशुल्क स्वास्थ्य शिविर

बेलकामा निःशुल्क स्वास्थ्य शिविर

health-siwir-newskarobar

 

बेलका नगरपालिकाको सहयोग एवं युवा तथा खेलकुद विकास समिति बेलकाको आयोजनामा काठमाडौंको सु-स्वास्थ्य अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । तीन दिने स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले स्वास्थ्य सेवा लिएको बेलका नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य शिविरमा महिला तथा पुरुषहरुको ढाड तथा नसासम्बन्धी रोगको उपचार गरिएको थियो । प्राकृतिक चिकित्सा पद्धतिअनुसार अकुपंचर तथा अकुप्रेसर विधिबाट उपचार गरिएको हो । शिविर समापन कार्यक्रममा बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बेलकामा सु-स्वास्थ्य जस्तै अस्पताल खोल्ने प्रक्रिया सुरू भएको जानकारी गराएका थिए ।

काठमाडौंको मीनभवनमा रहेको सु-स्वास्थ्य अस्पतालले देशका विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । सामान्य असावधानीका कारण मानिसले ठूल्ठूला स्वास्थ्य समस्या सामना गर्नुपर्ने भएकाले परामर्श तथा उपचारका लागि स्वास्थ्य शिविरहरू आयोजना गरिएको अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले बताए ।

प्रकाशित समय १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु