गृहपृष्ठ बुटवलमा ‘हिले फुटबल’

बुटवलमा ‘हिले फुटबल’

hile-football-newskarobar

रुपन्देहीमा पहिलोपटक हिले फुटबल प्रतियोगिता भएको छ । रोट्रयाक क्लब अफ तिनाउ सिटीको आयोजनामा भएको हिले फुटबल प्रतियोगिताको उपाधि रोट्रयाक क्लब अफ क्षितिज इन्टरनेसनलले हात पारेको छ ।

तिलोत्तमा नगरपालिकास्थित जानकीनगरमा भएको खेलमा तिनाउ सिटीलाई टाइब्रेकरमा १–० ले हराउँदै क्षितिज इन्टरनेसनलले उपाधि हात पारेको हो । निर्धारित २० मिनेटको समयमा कुनै पनि गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

hile-football-newskarobar

उपाधि विजेता क्षितिज इन्टरनेसनललाई रोटरी क्लब अफ बुटवल साउथका पूर्वअध्यक्ष इन्द्र सुनार, क्लबका अध्यक्ष प्रकाश पराजुलीले संयुक्त रुपमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । उपविजेता तिनाउ सिटीले पनि सिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । प्रतियोगितामा जोन ११ र १२ का १६ टिमको सहभागिता थियो ।

प्रकाशित समय १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु