गृहपृष्ठ सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, लुसियाविरुद्धको खेलमा २ विकेट लिए
सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, लुसियाविरुद्धको खेलमा २ विकेट लिए
नेपाली युवा बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन् ।
बुधबार सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा उनले थप २ विकेट लिएका छन् । उनले २ ओभर बलिङ गर्दै १३ रन खर्चिएर २ विकेट लिएका हुन् ।
उनले चार खेलमा अहिलेसम्म ७ विकेट लिएका छन् । उनले खेलिरहेको टिम पेट्रियट्सले जारी प्रतियोगितमा दोस्रो जित हात पारेको छ ।
प्रकाशित समय ०८:१९ बजे

















