गृहपृष्ठ दार्चुलाको मार्मामा एक व्यक्तिको हत्या, १० लाख लुटपाट

दार्चुलाको मार्मामा एक व्यक्तिको हत्या, १० लाख लुटपाट

mritu_newskarobar

दार्चुलाको मार्मा गाउँपालिका–१ घोल्जरका ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको हत्या भएको छ । मार्माको स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी ठगुन्नाको घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनको मंलबार हत्या भएको हो । ठगुन्नाको साथमा रहेको १० लाख समेत हत्याराले लुटेर लगेका छन् । पैसाकै कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित समय ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु